भ्याली फुटसलको फाइनल शनिबारदेखि

काठमाडौं— राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित भ्याली फुटसल च्याम्पियनसीपको फाइनल चरणका खेलहरू शनिबार हुने भएका छन् ।
काठमाडौं उपत्यकाका सबै २२४ वडाहरुका फुटसल टोलीहरुबीच असार १४ देखि २२ गतेसम्म गराइएको प्रतिस्र्धाबाट फाइनल राउण्डमा पुगेका २१ पालिकाका २१ टोलीबीच शनिबार फाइनल चरणका खेलहरु हुने छन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार एक कार्यक्रमको आयोजना गरी फाइनल चरणको खेलको बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भ्याली फुटसल च्याम्पियनसीपका विजेता टोलीले २ लाख नगद पुरस्कार, उप–विजेताले १ लाख नगद पुरस्कार पाउने जानकारी दिए ।
खेलहरू कपनको किकर्स फुटसल मैदानमा हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० २१:४७