
काठमाडौं— नेपाली स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङटिम्स एसिया कप नखेल्ने भएका छन् ।
सन्दीप र दीपेन्द्रले जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–ट्वान्टी क्यानडामा आबद्ध भएका कारण उनीहरूलेइमर्जिङटिम्स एसिया कपमा सहभागि जनाउन नसक्ने भएका हुन्।
नेपालले जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलङ्कामा हुने एसियाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका 'ए' टिम तथा अन्य तीन टोलीले सहभागिता जनाउँदै छ ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो। उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् ।
इमर्जिङ कपको समूह 'बी' मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह 'ए' मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ । नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । जुलाई २१ मा प्रतियोगिताको सेमिफाइनल खेल हुनेछ । जुलाई २३ मा प्रतियोगिताको फाइनल खेल हुनेछ । नेपालले केही दिनमा इमर्जिङटिम्सको लागि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले केही युवा खेलाडीलाई मौका दिनसक्ने अनुमान गरिएको छ ।