News Griha :: न्यूजगृह
आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

डुम्रे, तनहुँ— राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । 

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए ।

उनका अनुसार नेपाली साहित्यको  प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको छ। 
    
खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ । कविता www.adikabibhanubhakta1871@gmail.com मा पठाउन सकिने आयोजकले जनाएको छ । 
    

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:५१
Weather Update