News Griha :: न्यूजगृह
क्यानले यू–१६ का खेलाडीलाई जनही ५० हजार दिने

काठमाडौं— एसीसी यू—१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

क्यानले बिहीबार एक कार्यक्रमकाबीच स्वागत गर्दै यू—१६ च्याम्पियन टिम र अफिसियल टोलीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

नेपालले मंगलबार फाइनलमा मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:२१
Weather Update