थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै

काठमाडौं— प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपाल आज भुटानसँग भिड्दै छ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रन लागेको छ । पहिलो खेलमा लाओसलाई २–० गोलले पराजित गर्दा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
भुटान भने लाओससँग २–१ गोलले पराजित भएको थियो । पछिल्लो पटक भुटानले नेपालसँग १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला फाइनलमा नेपालले २–१ गोलको जित हात पार्दै स्वर्ण पदक जितेको थियो ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रधानमन्त्री थ्री नेसन्स कपमा उत्कृष्ट दुई टोलीले यही चैत्र १७ गते फाइनल खेल्नेछन् ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ ०७:११