News Griha :: न्यूजगृह
पीएसजीको नयाँ प्रशिक्षकमा लुइस एनरिके 

पेरिस— पेरिस सेन्ट जर्मेन (पीएसजी) फुटबल क्लबको मुख्य प्रशिक्षकमा लुइस एनरिके नियुक्त भएका छन् ।

बुधबार क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै एनरिके प्रशिक्षकमा आएका हुन् । एनरिकेसँग पीएसजीले दुई वर्षको सम्झौता गरेको छ ।

२०२२ को कतार विश्वकपमा स्पेन अन्तिम १६ चरणबाट नै बाहिरीपछि उनी जिम्मेवारीविहीन थिए ।

एनरिकेले पीएसजीमा आउन पाउँदा निकै खुसी रहेको बताएका छन् । उनी भन्छन्, ‘म निकै खुसी छु । नयाँ शहर र नयाँ मानिससँग काम गर्न उत्साहित छु । मलाई विश्वास छ हामीले राम्रो टिम निर्माण गर्नेछौं ।’

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०७:५८
Weather Update