News Griha :: न्यूजगृह
च्याम्पियनसिपको उपाधि भारतलाई

india1688520364.jpgकाठमाडौं— कुवेतलाई ५–४ गोल अन्तरले हराउँदै साविक विजेता भारतले साफ च्याम्पियनसिप–२०२३ को उपाधि जितेको छ । भारतले नवौं पटक सो उपाधि जितेको हो ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भएको खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

 

पेनाल्टीमा कुवेतका मोहम्म्द अब्दुल्लाहको प्रहार बारमा लागेर बाहिरिएको थियो । खालेद हाजियाको प्रहार भारतका गोलकिपर गुरप्रीत सिंहले जोगाए । भारतका उदान्त सिंहको प्रहार बाहिरियो भने उदान्तको प्रहार बाहिरिदा खेल सडन डेथमा पुगेको थियो ।

खेलको १५औं मिनेटमा सबाईब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए तर ३९औं मिनेटमा लालियन्जुएला चान्टेले गोल गरेपछि भारत खेलमा फर्किएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०६:०३
Weather Update