नेपाल आयरल्यान्डसँग पराजित

काठमाडौं— आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।
मंगलबार जिम्बाब्वेको हरारेमा टाकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भएकाे हाे ।
पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित बनेको छ ।
नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० २१:०९