News Griha :: न्यूजगृह
नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

काठमाडौं— एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।

कोलालम्पुरमा सवा ७ बजेदेखि सुरु भएको खेलमा नरेन भट्टको शतक प्रहार गरे ।

उनले १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे ।

नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भएको हो ।

सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारी टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।

नेपालले समूहचरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:०३
Weather Update