News Griha :: न्यूजगृह
एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा नेपाल मलेसियासँग खेल्दै

काठमाडौं— नेपालले एसीसी यू–१६ इस्ट जोन कपको फाइनल घरेलु टोली मलेसियासँग मंगलबार खेल्दैछ ।

खेल बिहान सवा ७ बजे कोलालम्पुरमा सुरु हुनेछ ।

नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनल पुगेको हो ।

हङकङलाई ७८ रनले पराजित गर्दै मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०६:५४
Weather Update