News Griha :: न्यूजगृह
आईसीसी विश्वकप छनोटमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं— आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि मंगलबार नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेको हरारेमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ ।

दोस्रो प्लेअफमा यूएईलाई तीन विकेटले पराजित गर्दै नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो ।

विश्वकप छनोटअन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डन्ड र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए । नेपाल समूह चरणको पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०६:३५
Weather Update