एसीसी यू–१६ इस्ट जोन कप : मलेसियामा नेपाल र सिंगापुरबीच खेल जारी

काठमाडौं— एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा अहिले नेपाल र सिंगापुरबीच खेल जारी छ ।
बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
समूह ए को विजेता नेपाल र समूह बी को उपविजेता सिंगापुर सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालले समूह चरणमा थाईल्यान्ड हराएको थियो । सिंगापुरले इन्डोनएसियालाई हराएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ०८:०५