साफ च्याम्पियनसीप : भारत र कुवेत फाइनलमा

काठमाडौं— भारत र कुवेतबीच साफ च्याम्पियनसीप—२०२३ को फाइनल हुने भएको छ । फाइनल मंगलबार हुनेछ ।
डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दे फाइनल यात्रा तय गरेको हो ।
कुवेतले आफ्नो पहिलो सहभागितामै प्रतियोगिताको फाइनल यात्रा तय गरेको थियो ।
फाइनल पुग्नेक्रममा दुवै टिम अपराजित छन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० ०७:३२