
काठमाडौं— नेपालले आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।
यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुनेले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
नेपालको टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।
यूएईको टिममा मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद छन् ।