News Griha :: न्यूजगृह
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू—१६ क्रिकेटमा समूह विजेता, अशोक धामीको अलराउन्ड प्रदर्शन

काठमाडौं— एसीसी यू—१६ इष्ट जोन कप क्रिकेटमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । 

नेपाललाई जिताउन अशोक धामीको अलराउन्ड प्रदर्शन गरे  । ब्याटिङतर्फ ५२ रन बनाएका धामीले बलिङतर्फ ४ विकेट लिए । समूह चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेसँगै नेपाल समूह 'ए' को विजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

U-16 cricket team1688112345.jpg

पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २२५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रन बनाउँदै अल आउट भयो । नेपालले जुन ३ मा समुह 'बी' को उपविजेता सिङ्गापुरसँग सेमिफाइनल खेल्नेछ । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:३५
Weather Update