क्रिकेट : नेपाल मलेसियासँग भिड्दै

काठमाडौं— एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दैछन् ।
मलेसियामा जारी खेल ७ : १५ बजेबाट सुरु भएको हो ।
पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने लक्ष्य राखेको छ ।
नेपालले आज मलेसियामाथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० ०८:०२