News Griha :: न्यूजगृह
लाक्वाँ र कुँवरबीच शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउने विषयमा छलफल
तस्बिर : प्रहरी प्रधान कार्यालय ।

काठमाडौं—  संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच  र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच बुधबार भेट भएको छ ।  

उनीहरूबीच बुधबार प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा लाक्वाँले शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीको योगदानको प्रशंसा गरे । प्रहरी महानिरीक्षक कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताए ।

Prabhu Bank

Jean Pierre Lacroix- police-ig-headquater1687941532.JPG

उनीहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसङ्घमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका विषयमा छलफल भएको थियो ।  संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँले मंगलबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा भेटेका थिए ।

उपमहासचिव लाक्वाँ बङ्गलादेशको दुई दिने भ्रमण पूरा गरी मंगलबार नेपाल आएका हुन् । उनी नेपालमा चार दिन बस्नेछन् । नेपाल बसाइँमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेट गर्ने तय भएको छ ।  

Jean Pierre Lacroix-police hq1687941533.JPG
    

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:२०
Weather Update