म्यानचेस्टर सिटीमा अनुबन्धित भए कोभासिस

काठमाडौं— क्रोएसियाका मिडफिल्डर माटियो कोभासिस इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् ।
२९ वर्षीय कोभासिस ४ वर्षको लागि प्रारम्भिक २५ मिलियन पाउण्डमा सिटीमा गएका हुन् ।
गत सिजन ट्रेबल उपाधि च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेपछि कोभासिच यो समरमा सिटीको पहिलो अनुबन्धन हो ।
जर्मन मिडफिल्डर इल्काए गुन्डोगन फ्रि ट्रान्सफरमा स्पेनिस च्याम्पियन बार्सिलोना गएपछि सिटीको उनको स्थानमा कोभासिसलाई अनुबन्धन गरेको हो ।
कोभासिसले सिटीमा सामेल हुनु कुनै पनि फुटबलरको लागि सपना भएको बताउँदै अझै धेरै सिक्न बाँकी रहेको बताए ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० ०८:०४