News Griha :: न्यूजगृह
बजेट पारितका लागि संसदमा प्रस्ताव पेस हुँदै, प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिने

काठमाडौं— प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ ।

त्यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अन्तिममा अर्थमन्त्री डा.प्रकाश शरण महतले ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले ‘आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव, ‘आर्थिक विधेयक, २०८०’ माथि दफावार छलफलको लागि दिन तोकिने र  ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

कार्यसूची

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०६:४४
Weather Update