News Griha :: न्यूजगृह
बजेटको पक्षमा उभिन कांग्रेसले जारी गर्‍यो ह्वीप

काठमाडौं— सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बजेट निर्णयार्थ पेश हुने बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न र तटस्थ नरहन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने सरकारकाे तयारी छ ।

congress-wheep1687873167.jpg

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १९:२१
Weather Update