News Griha :: न्यूजगृह
बजेट पारित गर्न माओवादी केन्द्रले लगायो ह्वीप

काठमाडौं— नेकपा माओवादी केन्द्रको संसदीय दलले बजेटको पक्षमा मत हाल्न ह्वीप लगाएको छ ।

मंगलबार प्रमुख सचेतक हितराज पाण्डेले आफ्ना सबै सांसदलाई बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिए ।

‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आव. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ पाण्डेले ह्वीपको पत्रमा भनेका छन् ।

बजेटप्रति सत्तारुढ दलका सांसद पनि असन्तुष्ट छन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १९:१२
Weather Update