साफ च्याम्पियनसिप : नेपालले पाकिस्तानलाई १–० ले हरायो

काठमाडौं— साफ च्याम्पियनसिपमा नेपालले सान्त्वना जित हात पारेको छ ।
भारतको बैंगलुरुस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि आशिष चौधरीले ८० मिनेटमा निर्णायक गोल गरे । त्यसपछि पनि दुवै टोलीले थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।
कुवेत र भारतसँग पराजित नेपाल प्रतियोगिताको समूह चरणबाट यसअघि नै बाहिरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १७:४८