News Griha :: न्यूजगृह
थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा 
थ्रीस्टार क्लब । फाइल तस्बिर

धनगढी— थ्रीस्टार क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो । थ्री स्टारका लागि खेलको ५९औँ मिनेटमा दीपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् । खेलको एसपीए ‘म्यान अफ दी म्याच’ दीपेश गुरुङ घोषित भएका छन् ।

जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत सोमबार मनाङ मर्स्याङ्दीले बाग्मती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रदेशको सर्वाधिक धनराशिको प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन छ, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २१:०९
Weather Update