News Griha :: न्यूजगृह
एसियाडमा सहभागिता जनाउन रग्बी टोलीको घोषणा

काठमाडौं— चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको घोषणा गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको छनोट प्रतियोगिताबाट अन्तिम १२ खेलाडी छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जनाएका छन् ।

छनोट भएका खेलाडीहरूमा नवीन महर्जन, विराट श्रेष्ठ, पुजन फेवाली, यदु अधिकारी, निरोज कार्की, सविन महत, झुकेन्द्र राई, विक्रम पुरी, विशाल बडु, विवश बासु, सुमन चौलागाईं र श्रीराम श्रेष्ठ रहेका छन् ।

वैकल्पिक खेलाडीमा विक्रम भारती, विकास राना मगर र सुजन कुमाल छन् । एसियाडमा नेपालले रग्बीमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०८:३६
Weather Update