News Griha :: न्यूजगृह
काभा पुरुष भलिबल : नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं— कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्न लागेको हो ।

नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यसअघिका पाँच खेलमा नेपालले लगातार हार व्यहोरेको थियाे ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:२८
Weather Update