फुटबल
साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं— नेपाल साफ च्याम्पियनसिपमा भारतसँग २-० ले पराजित भएको छ ।
योसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपाललाई पराजित गरेपछि भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका लागि सुनिल क्षेत्रीले ६१ औं र ७० औं मिनेटमा नओरिम महेश सिंहले गोल गरे ।
अघिल्लो खेलमा नेपाल कुवेत ३-१ ले पराजित भएको थियो । अब नेपालले समूह चरणमा पाकिस्तानसँग खेल्न बाँकी छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० २१:४७