News Griha :: न्यूजगृह
नेपालले खायो दुई गोल

काठमाडौं— भारतको बेंगलुरुमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले नेपालविरुद्ध लगातार २ गोल गरेको छ ।

पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो । भारतका लागि सुनिल क्षेत्रीले गोल गरे । त्यस्तै ७० औं मिनेटमा महेश सिंहले गोल गरे । यो खेलमा पराजित भए नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिनेछ ।

यसअघि आजै भएको पहिलो खेलमा आमन्त्रित टोली कुवेतले पाकिस्तानलाई पराजित गरेको छ ।     भारतको बैङ्गलोरस्थित कान्तिरभा रङ्गशालामा आज भएको खेलमा कुवेतले पाकिस्तानलाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २१:३०
Weather Update