साफ च्याम्पियनसिप : नेपाली टोलीका तीन खेलाडी परिवर्तन

काठमाडौं— नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले साफ च्याम्पियनसिप–२०२३ को शनिबार भारतविरुद्ध हुने खेलमा तीन खेलाडी परिवर्तन गरेका छन् ।
भारतसँगको प्रतिस्पर्धामा विमल पाण्डे, पुजन उपरकोटी र नवयुग श्रेष्ठलाई परिवर्तन गरिएको छ ।
टोलीमा अन्य खेलमा कप्तान किरण लिम्बू, अनन्त तामाङ, लाकेन लिम्बू, एरिक विष्ट, अञ्जन विष्ट, सनिश श्रेष्ठ, मनीष डाँगी र रोहित चन्द रहेका छन् ।
जारी खेलमा भारतले नेपालविरुद्ध गोल गरेको छ । भारतका सुनिल क्षेत्रीले दोस्रो हाफमा गोल गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० २१:०८