सन्दीपले लिए दुई विकेट

काठमाडौं— आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालका सन्दीप लामिछानेले नेदरल्यान्ड्सको पहिलो र दोस्रो विकेट लिएका छन् । उनले विक्रमजित सिंह र वेस्ली बरेसीलाई आउट गरेका हुन् । विक्रमजित ४३ बलमा ३० रन जोड्न सफल भए ।
नेपालले नेदरल्यान्ड्ससामु १६८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
उच्च लयमा रहेको नेदरल्यान्ड्सले १५ ओभरमा ९७ रन बनाइसकेको छ । उसको म्याक्स ओ’डोउडले ४१ बलमा ६२ रन बनाएका छन् ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १७:३३