विश्वकप छनोट
नेपालले ९ विकेट गुमायो

काठमाडौं— आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा ९ विकेट गुमाएको छ ।
नेदरल्यान्ड्का बस दि लीडले एकै ओभरमा गुल्सन झा र करण केसीलाई आउट गरे । ४२औँ ओभरको दोस्रो बलमा गुल्सन र अन्तिम बलमा करण आउट भए । अहिले सन्दीप लामिछाने र ललित राजवंशी क्रिजमा छन् ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३३ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २७ रन बनाए । अर्का ओपनर आसिफ शेख भने २ बलमा ० रनमै आउट भए । यस्तै, भीम सार्कीले ५६ बलमा २२ रन, गुलसन झाले ३१ बलमा १५ रन, दिपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन, कुशल मल्ले १९ बलमा १२ रन र आरिफ शेखले ४ बलमा ६ रन बनाए ।
नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ३, विक्रमजित सिंह र बस दि लीडले समान २–२ तथा क्लेटन फ्लोइड र आर्यन दत्तले समान १–१ विकेट लिएका छन् ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १५:५७