विश्वकप छनोट
भीम सार्की पनि आउट, नेपालले चार विकेट गुमायो

काठमाडौं— नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा चार विकेट गुमाएको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा आरिफ शेख र भीम सार्की आउट भएका छन् ।
आसिफ भान बीक र कुशल र आरिफ विक्रमजित सिंहको बलमा आउट भए । भीम फ्लोइडको बलमा आउट भए ।
४२ बल खेलेका कुशलले २७ रन बनाए भने आरिफले ४ बलमा ६ रन जोड । २ बल खेलेका आसिफले भने खाता खोल्न सकेनन् । भीमले ५६ बलमा २२ रन बनाए ।
टस हारेको नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ । अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन् । नेपालले १९ ओभरमा ६८ रन जोडेको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:२०