विश्वकप छनोट
नेपालले तीन विकेट गुमायो

काठमाडौं— नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा तीन विकेट गुमाएको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा आरिफ शेख आउट भएका छन् ।
आसिफ भान बीक र कुशल र आरिफ विक्रमजित सिंहको बलमा आउट भए । ४२ बल खेलेका कुशलले २७ रन बनाए भने आरिफले ४ बलमा ६ रन जोड । २ बल खेलेका आसिफले भने खाता खोल्न सकेनन् ।
टस हारेको नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ । अहिले भीम सार्की र रोहित पौडेल क्रिजमा छन् । नेपालले १८ ओभरमा ६६ रन जोडेको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:१५