News Griha :: न्यूजगृह
नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं— आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । 

नेपालले गत बिहीबार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन ।

आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । 

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराएमा नेदरल्यान्ड्स औपचारिक रूपमा सुपर सिक्समा पुग्नेछ ।

दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । 

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडीआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:४४
Weather Update