
चितवन— नेपाल कराते महासंघको अध्यक्षमा पुनः युवराज लामा चयन भएका छन् ।
पटिहानीमा सम्पन्न महाधिवेशनले लामाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन् ।
महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् ।
सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन् ।
यस्तै अध्यक्ष लामाले सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेका छन् । महाधिवेशनबाट पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की छन् ।
सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो ।