News Griha :: न्यूजगृह
साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब

काठमाडौं— साफ च्याम्पियनसिप फुटबलमा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ।

पहिलो खेलमा कुवेतसँग ३–१ गोलको हार व्यहोरेको नेपालले साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज साबिक विजेता तथा घरेलु टोली भारतसँग खेल्दैछ। यो खेल बैङ्गलुरुको श्री कान्तिराभा रङ्गशालामानेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।

पहिलो खेल गुमाएको साबिक विजेता नेपाल सेमिफाइनलमा पुग्न भारतविरुद्ध जित्नै पर्ने दबाबमा छ। ८ पटकको विजेता र ४ पटकको उपविजेता भारत घरेलु मैदानमा अहिलेसम्म भएका ३ वटै संस्करण जितेको छ। 

साफमै बुधबार पाकिस्तानलाई ४–० गोलले हराउँदै भारतले आफ्नो रवाफिलो प्रदर्शन देखाइसकेको छ। भारत र नेपालबीच अहिलेसम्म २३ खेल हुँदा भारत १६ खेलमा विजयी हुँदा नेपालले २ खेलमात्र जितेको छ। ५ खेल बराबरी भएको छ। 

साफमा मात्र यी २ बीच ८ खेल हुँदा नेपालले १ खेलमात्र जितेको छ भने बाँकी सबैमा हार व्यहोरेको छ। सन् २०१३ मा घरेलु मैदानमा भएको साफको समूह चरणमा नेपालले भारतलाई २–१ गोलले हराएको थियो। 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०६:२८
Weather Update