News Griha :: न्यूजगृह
गल्फ खेलाडीले भारतमा प्रशिक्षण गर्ने 

काठमाडौं— चीनमा आयोजना हुने १९औं एसियाडको तयारीका लागि नेपालका गल्फ खेलाडीले भारतको बैंग्लोरमा प्रशिक्षण गर्ने भएका छन् ।

चीनको हाङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि एसियाड सुरु हुँदैछ । नेपालका चार पुरुष सुवास तामाङ, सद्भाव आचार्य, शुक्रबहादुर राई र युवराज भुजेल तथा दुई महिला काश्मिरा शाह र सुश्मा सिग्देलले उक्त एसियाडमा प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली खेलाडीले बैंग्लोरमा कोलारस्थित तरुण सार्देसाई गल्फ एकेडेमीमा बन्द प्रशिक्षण गर्ने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले जानकारी दिए ।

संघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ६ खेलाडी र एक प्रशिक्षकसहितको टोलीलाई बिदाइ गरकेो छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई बिदाइ गरे ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:३५
Weather Update