News Griha :: न्यूजगृह
विराट गोल्डकपमा एपीएफ विजयी

विराटनगर— विराटनगरको शहिद रंगशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपीएफ क्लब विजयी भएको छ ।

उक्त खेलमा एपीएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेलमा एपीएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी मार्फत् गोली गरी २–१ को अग्रता बनाउँदै विजयी भएको हो ।

खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले रु १० लाख २५ हजार  नगद राशि प्राप्त गर्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०७:१५
Weather Update