News Griha :: न्यूजगृह
गोरखामा जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत

काठमाडौं— गोरखामा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान दुई बजे जीप दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनखत भएको हो ।

शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर शहीदलखन–५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप शहीद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०९:०६
Weather Update