
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इण्डिजसँग नेपाल पराजित भएको छ । टेस्ट राष्ट्र वेस्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।
जिम्बावेको हरारेमा भएको खेलमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो ।
कुशल भुर्तेल ५, भिम सार्की २ रनमै आउट भए । ओपनर आसिफ शेखले २८ रन बनाए । उनले ३६ बल खेली ३ चौका प्रहार गरे । कप्तान रोहित पौडेलले ३० रन जोडे । उनले ४३ बल खेली ३ चौका प्रहार गरे ।
कुशल मल्ल २ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । उनले २० बल खेली २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र गुल्शन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै नेपाललाई २ सय रनको नजिक पुर्याए ।
गुल्शनले ५८ बल खेली ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए ।
आसिफले ६३ रन जोडे । उनले ९३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । करण केसीले २७ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए ।
ललित राजवंशी १ बल खेली शून्यमा अविजित रहे । वेस्ट इन्डिजका लागि होल्डरले ३ विकेट लिए । उनले सोक्रममा १० ओभरमा ३४ रनमात्र खर्चे । अल्जारी जोसेफले १० ओभरमा ४५, एकलि होसेनले १० ओभरमा १ मेडन राख्दै ४९ र किमो पाउलले १० ओभरमा १ मेडन राख्दै ६३ रन खर्चेर २–२ विकेट लिए ।
शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई पराजित गरे नेपालको सुपर लिगमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकामाथि नेपालले ६ विकेटको विजय हात पारेको थियो ।