सरकारले भाषिक विभेद गर्यो : सांसद अनिता देवी

काठमाडौं— सांसद अनिता देवीले मधेसमा बोलिने भाषालाई सरकारले विभेद गरेको आरोप लगाएकी छिन् ।
बिहीबार प्रतिनीधि सभा महिला तथा समाजिक मामिला समितिसँग मधेसी आयोगको तेस्रो छलफलमा उनले सांसदहरूले मधेसी भाषामा सपथ लिने तर आफूहरूको भाषा सुचिकृत गर्न सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।
‘लुम्बिनी प्रदेश र मधेस प्रदेशमा सांसदहरुले सपथ लिएका छन् । अहिलेसम्म मधेसी भाषाको सुचिकृत हुन सकेको छैन । यसबारे के कती पहल भइरहेको छ । हामीले मधेसी भाषामा सपथ लिएदेखि नै हाम्रो लुम्बिनीमा हाम्रो प्रदेशको विभिन्न जिल्लाहरुमा त्यसलाई स्वागत गर्दै सुचिकृत हुनुपर्छ भनेर आवाज उठाइयो । त्यसैले यसलाई सुचिकृत हुन पर्छ,’ उनले भनिन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १८:२५