नेपाललाई झड्का, गुम्यो तीन विकेट

काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले सुरुआती तीन विकेट गुमाएको छ ।
ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका अल्जारी जोसेफबाट ५ रनमा बोल्ड भए भीम सार्की जासन होल्डरको बलमा २ रनमा क्याच भए ।
यस्तै आसिफ शेख २८ रनमा आउट भए । उनले ३६ बलमा ३ चौका हाने । नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै ४८ रन जोडेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १८:०२