News Griha :: न्यूजगृह
वेस्ट इन्डिजविरुद्ध नेपालको कमजोर सुरुवात, २ विकेट गयो 

काठमाडौं—  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालको दोस्रो विकेट गएको छ । 

दोस्रो विकेटका लागि भीम सार्की २ रन बनाउँदै आउट भएका छन् ।  ४.२ ओभरमा सार्की आउट हुँदा नेपालको स्कोर २३ रन थियो । अमेरिकासँगको खेलमा भीम सार्की ७७ रनमा नटआउट रहेका थिए । 

यसअघि कुशल मल्ललाई ५ रनमा बोल्ड भएका थिए । भीमपछि कप्तान रोहति ब्याटिङ्मा आएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:४१
Weather Update