जुनसुकै सजाय भोग्न तयार छु तर भारतीय फिल्म चल्न दिइनेछैन : बालेन साह

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जुनसुकै सजाय भोग्न तयार रहेको बताउँदै काठमाडौं महानगरभित्र भारतीय फिल्म चल्न नदिने बताएका छन् ।
देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश नमान्ने पनि उनले चेतावनी दिएका छन् ।
काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेशबारे उनले आपत्ति जनाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १५:२९