आईसीसी एकदिवसीय विश्वकप छनोटमा सन्दीपलाई पहिलो सफलता

काठमाडौं—आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।
जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर पहिले पहिले बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले यसअघिका खेलमा भोगेको आलोचना तोड्दै ओपनर ब्रान्डन किङलाई आउट गरेका हुन् ।
टिमलाई राम्रो स्कोरतर्फ अगाडि बढाएका किङलाई सन्दिपले १५ ओभरको तेस्रो बलमा किङलाई पेभिलियन पठाए ।आउट हुनुअघि ओपनर किङले २ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए ।
दोस्रो ओभरको तेस्रो बलमै पहिलो विकेट लिएको नेपालले तेस्रो विकेट लिदाँ १७ ओभरको खेल सकिएको छ भने न्युजिल्याण्डले ७० रन बनाएको छ ।
करण केसीले केल मायरलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् । त्यस्तै गुलशन झाले जोनसन कार्लेसलाई आरिफ शेखको हातबाट शून्य रनमा पेभिलिएन पठाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १४:३१