वेस्ट इन्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुल्सन झाले लिए दोस्रो विकेट

काठमाडौं— आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा बिहीबार वेस्ट इन्डिजसँग खेलिरहेको छ।
वेस्ट इन्डिज दुई पटकको विश्व विजेता टीम हो । जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेको छ । पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले २ विकेट गुमाइसकेको छ।
ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा नेपालका करण केसीले कुशल भुर्तेलबाट क्याच गराए। त्यस्तै दोस्रो विकेट गुल्सन झाले लिएका हुन्।
गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएका छन्।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १३:२८