विश्वकप छनोट
विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै नेपाल

काठमाडौं— नेपालले जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा बिहीबार चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग हरारे स्पोर्ट्स क्लबमा खेल्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ ।
नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक खेल्न लागेको हो । यसअघि नेपाल जिम्बावेसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो ।
नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद छन् ।
वेस्ट इन्डिज सन् १९७५ र १९७९ विश्वकपको च्याम्पियन हो । त्यस्तै वेस्ट इन्डिजले २०१२ र २०१६ को पनि टि–२० विश्वकप उपाधि जितेको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०७:००