News Griha :: न्यूजगृह
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित 
तस्बिर स्राेत : एन्फा ।

काठमाडौं— साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।

भारतको बैगलुरुस्थित  श्री कांतिराव स्टेडियममा मा भएको खेलमा साबिक उपविजेता नेपाल आमन्त्रित टोली कुवेतसँग पराजित भएको हो । 

पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि थप १ गोल खायो । कुवेतका लागि पहिलो गोल २३औँ मिनेटमा कप्तान खालेद हाजिहले गरे भने दोस्रो गोल ४२औँ मिनेटमा शबाइब अल्खाल्दीले गरे । दोस्रो हाफको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गरे ।

नेपालका लागि अन्जन विष्टले ६७औँ मिनेटमा एक गोल फर्काए । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:४६
Weather Update