News Griha :: न्यूजगृह
साफ च्याम्पियनसिप सुरु : साबिक उपविजेता नेपाल आमन्त्रित कुवतेसँग भिड्दै 

काठमाडौं— दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र कुवेतबीचको खेल सुरु भएको छ । 

साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल र कुवेत आमनेसामने भएका हुन् । साफ च्याम्पियनसिपको साबिक उपविजेता नेपाल आमन्त्रित मुलुक कुवेतसँग खेल्दै छ । 

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा उत्रिएको टोलीलाई नै कुवेतविरुद्ध पनि उतारेका छन् । 

नेपाली टोलीको गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । यस्तै डिफेन्समा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द छन् । 

मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट र लाकेन लिम्बू छन् । यस्तै, अग्रपंक्तिमा अञ्जन विष्ट, मनिष डाँगी र नवयुग श्रेष्ठ छन् । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:५४
Weather Update