सिनामङ्गल गोलिकाण्ड : थप एक पक्राउ

काठमाडौं— लागूऔषध नियन्त्रण ब्युरोको टोलीले चलाएको गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएको भन्दै प्रहरीले एक जनालाई धरानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राम भजन छन् । राम, भगतका सहयोगी रहेको दाबी प्रहरीको छ । उनी धरानस्थित भानु चोकको सब्जीमण्डीबाट पक्राउ परेका हुन् । भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउने नाइके रहेको दाबी ब्युरोको छ ।
विराटनगरबाट काठमाडौं आएका भगतमाथि प्रहरीले गत जेठ २८ गते सिनामङ्गलमा गोली चलाएको थियो । गोली उनको खुट्टामा लागेको थियो ।
उनको उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १५:१६