News Griha :: न्यूजगृह
पदम लिम्बूको मृत्युबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट समिति गठन 

काठमाडौं— कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शनका क्रममा विराटनगरमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णयबाट प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार छानबिन समिति गठन गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । सात दिनभित्र प्रतिवेदन दिन समितिलाई समयसीमा दिइएको छ ।

५ चैत्रमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको शुक्रबार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको थियो ।

padam limbu1679752318.jpg

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १९:३५
Weather Update